काठमाडौं, २० पुस । कोरोना संक्रमणबाट दोस्रो प्रभावित मुलुक भारत, जसले एकैदिन दुईवटा कोरोनाविरुद्धको खोपलाई प्रयोग अनुमति दिएर दक्षिण एसियामा आशालाग्दो सुरुवात गरेको छ । भारत सरकारले आफ्नै उत्पादन भारत बायोटेक कम्पनीको कोभाक्सिन र अक्सफोर्ड युनिभर्सिटीको उत्पादन अष्ट्राजेनिका खोपलाई आइतबार आपतकालीन प्रयोगको अनुमति दिएको हो ।
दुईवटा खोपलाई अनुमति दिएसँगै भारत कोरोनाविरुद्धको खोप उत्पादन र प्रयोग गर्ने पहिलो दक्षिण एसियाली राष्ट्रमा सूचीकृत भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई भारतको निर्णायक मोडको रुपमा लिएको बताएका छन् । भारतले शनिबार नै ९० हजार स्वास्थ्यकर्मीलाई खोप लिनका लागि तयार हुन आह्वान गरेको थियो यो वर्षभित्र ३० करोड जनतालाई कोरोनाविरुद्धको खोप दिने भारत सरकारको योजना रहेको छ ।
तपाईको प्रतिक्रिया