कोरोना नहटेसम्म नेपाल–चीन नाका नखुल्ने चीनको संकेत

समाचार

2/17/2021

काठमाडौं, ५ फागुन । गत डेढ वर्षदेखि सीमा नाकामा देखिएको अवरोध हटाउन नेपालले पटक–पटक आग्रह गरे पनि चीनले कोभिड–१९ को महामारी नियन्त्रणमा नआएसम्म दुई पक्षीय व्यापार सहज नहुने जवाफ दिँदै आएको छ ।

बेइजिङस्थित नेपाली दूतावासले चिनियाँ पक्षसँग कुराकानी गरिरहेको जानकारी दिएको छ । यता परराष्ट्र मन्त्रालयले पनि चिनियाँ पक्षलाई लिखित आग्रह गरेको छ ।

नेपाली दूतावासका एक अधिकारीले कोभिड–१९ नियन्त्रण आएपछि मात्रै दुईपक्षीय व्यापार सहज हुने जवाफ चिनियाँ पक्षले दिएको बताए ।

चिनियाँ अधिकारीहरुले कोरोना संक्रमणको हिसाबले तिब्बत एकदमै संवेदनशील स्थानमा रहेकाले नियन्त्रणका लागि विभिन्न कदम चालेको जानकारी गराएका छन् ।

यसको अर्थ हो, चीन तिब्बतमा महामारी फैलन सक्ने वहानामा नेपालसंगको व्यापार नाका सहज पार्न तयार छैन ।

लत्ताकपडा, जुत्ता, कस्मेटिक, इलेक्ट्रोनिक, विभिन्न ठूला आयोजनाका उपकरण लगायतका सामान लोड गरिएका सयौं कन्टेनर चीनतर्फको सीमामा रोकिएका छन् ।

पटक पटकका अनुरोध र दबावपछि केही कन्टेनर नेपाल आउन दिइए पनि रसुवागढी र तातोपानी नाकालाई सुनसान राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ