किराना पसल र डेरीमा आगलागी हुँदा ५५ लाखको क्षति

समाचार

8/22/2020

कैलाली, ६ भाद्र । टिकापुर नगरपालिका–१ क्याम्पस रोडस्थित किराना पसल र दुध डेरीमा आगलागी हुँदा लाखौंको धनमाल जलेर क्षति भएको छ ।

खगेन्द्र कोईरालाको किराना पसल र दुध डेरीमा शनिबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा पसलका विभिन्न सरसामानहरू जलेर करिब ५५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ