कोरोना विपत्तिबारे चीनमाथि शंका

समाचार

4/27/2020

काठमाडौं, १५ बैशाख । युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरुले अमेरिकाकै शैलीमा चीनमाथि कोरोना (कोभिड–१९) बाट ज्यान गुमाउनेहरुको एकीन आंकडा लुकाएको शंका गरिरहेका छन् ।

तर उनीहरुले चीनमाथि खुलमखुला यस्तो आरोप लगाउन डराइरहेका छन् । आफ्नो स्थिति मजबूत बनाउन चीनले संकटको समयलाई प्रयोग गर्नसक्ने चिन्तामा रहेको युरोपेली अधिकारीहरु यसबारे खुलेर बोल्न नचाहनुको पछाडि त्यहाँ व्यापक बनिरहेको चिनियाँ उपस्थिति नै प्रमुख कारण हो ।

बीबीसीका अनुसार चीनले सूचना लुकाएको भन्ने पश्चिमी आरोपलाई अस्वीकार गरेको छ र कोरोनाविरुद्धको लडाइँमा पूर्ण पारदर्शीता अपनाएको बताउने गरेको छ ।

चिनियाँ अधिकारीहरुले १७ अप्रिलमा कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या साविकको भन्दा ५० प्रतिशत बढी रहेको बताएका थिए ।

अस्पताल बाहिरै ज्यान गुमाएका मानिसहरुको संख्या समेत जोड्दा हताहत हुनेको आंकडा बढेको उनीहरुले दावी गरेका थिए । कोरोना भाइरस पहिलोपटक चीनको उहान शहरमा भेटिएको थियो ।

पश्चिमा अधिकारीहरुका अनुसार चीनका स्थानीय सरकारी अधिकारीहरुले कोरोनाबाट ज्यान गुमाउनेको संख्या केन्द्र सरकारसँगको डरका कारण लुकाइरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ