कोरोना विशेष (अस्थायी) अस्पतालमा दुई जनाको मृत्यु

समाचार

8/11/2020

बुटवल, २८ साउन । बुटवल कोरोना विषेश (अस्थायी) अस्पतालमा उपचाररत् दुई जनाको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको मंगलबार राति मृत्यु भएको हो ।

गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ ।

दुवै जनालाई भर्ना भएकै दिनदेखि भेन्टिलेटरको सहायतामा उपचार सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ