कोरोना संक्रमणबाट कैलालीमा एकको मृत्यु

समाचार

8/26/2020

कैलाली, १० भाद्र । कोरोना भाइरस (कोभिड–१९) बाट कैलालीमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ