धनगढी, २६ बैशाख । कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट संक्रमणबाट कैलालीमा थप ६ जना संक्रमितको मृत्यु भएको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–४ की ४५ वर्षीय महिला, वडा नम्बर १८ कि ५० वर्षीया महिला र कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ की ६० वर्षीया महिलाको शनिबार राति मृत्यु भएको जनाइएको छ ।
यसैगरी, टीकापुर अस्पतालमा उपचाररत टिकापुर नगरपालिका–१ का ५० वर्षीय पुरूष र सोही नगरपालिकाका ५० वर्षकै पुरूषको मृत्युु भएको छ ।
धनगढीको एक निजी अस्पतालमा उपचाररत कैलालीको लम्किचुहा नगरपालिका–९ का ४३ वर्षीय पुरूषको पनि शनिबार राति मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया