कोरोना संक्रमणबाट जसपाका केन्द्रीय सदस्य सिंहको निधन

समाचार

5/18/2021

काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य जितेन्द्र सिंहको निधन भएको छ । कोरोना संक्रमणबाट उनको निधन भएको हो ।

उनको वीरगञ्जमा उपचार भइरहेको थियो तर अवस्था बिग्रिँदै गएपछि सोमबार हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौंको मेडिसीटीमा भर्ना गरिएको थियो । मंगलबार उनको निधन भएको जसपाले जनाएको छ ।

नेता सिंह पहिलो र दोस्रो संविधानसभामा बाराको क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । उनका दुई छोरा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ