कोरोना संक्रमणबाट महोत्तरी र रौतहटमा गरी थप १० को मृत्यु

समाचार

5/23/2021

महोत्तरी, ९ जेठ । कारोना संक्रमणबाट महोत्तरी र रौतहटमा थप १० जनाको मृत्यु भएको छ । महोत्तरी संक्रमणबाट पाँच र रौतहटमा पनि पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिका–५ का ६० वर्षीय पुरुष र वडा नम्बर ४ का ६८ वर्षीय पुरुषकाो मृत्यु भएको छ । यस्तै, बर्दिबास नगरपालिका–१ का ५१ वर्षीय पुरुष, औरही नगरपालिका–४ का ६८ वर्षीय पुरुष र जलेश्वर नगरपालिका–१ की ५० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

यस्तै अस्थायी कोभिड अस्पताल गौरमा राजपुर–२ का ७० वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ भने चन्द्रपुरमा वृन्दावन–७ की ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्ला बाहिर वीरगञ्जमा देवाही गोनाही–१ का ४३ वर्षीय र राजपुर–१ का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी परोहा–२ का २४ वर्षीय युवकको भरतपुरमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । कोरोना संक्रमणका कारण अहिलेसम्म रौतहटका ७१ जनाको मृत्यु भइसकेको छ ।

यसगरी पछिल्लो २४ घण्टामा रौतहटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौर अस्पतालको पीसीआर ल्याबमा २०५ जनाको स्वाब परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै रौतहटमा संक्रमितको कुल ७५८ पुगेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ