वीरगन्ज, २० भाद्र । कोरोना भाइरस (कोभिड–१९)) संक्रमणबाट वीरगन्जमा एक वृद्धको मृत्यु भएको छ ।
पकाहामैनपुर गाउँपालिका–२ पर्साका ७५ वर्षीय वृद्धको अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भदौ ५ गते अस्थायी कोभिड अस्पताल गन्डकमा भर्ना गरिएको थियो । उनको फोक्सोको दुवैतर्फ कडा कोभिड निमोनिया देखिएको थियो ।
योसँगै वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
तपाईको प्रतिक्रिया