वीरगन्ज, २६ चैत । विश्वमा माहामारीको रुप लिएको कोरोना रोगबाट उत्पन्न सबै समस्याहरुको वीरगन्ज महानगरपालिकाले डटेर सामना गरिरहेको छ ।
कारोना रोगका कारण लगाइएको लकडाउनले गर्दा दैनिक जीवन कठिन भएका बिपन्न परिवारलाई अर्थिक तथा उपभोगय सहायता एवम् निःशुल्क खाना खुवाउने कार्यक्रमलाई महानगरपालिका जोडतोडका साथ निरन्तरता दिएको छ ।
रोगलाई नियन्त्रण गर्न महानगरपालिकाले सरसफाई, लामखुटे मार्ने औषधि छर्ने कार्यक्रम र केमिकलयुक्त पानीद्वारा सेनेटाइजको कार्यलाई पनि तीव्रता दिएको छ ।
लामखुटे मार्ने औषधि छर्ने कार्य वडाहरुसँग समन्वय गरि भइरहेको छ भने बारुणयन्त्र शाखाको विशेष सक्रियतामा सेनेटाइजको कार्यलाई तीव्रता दिइएको छ ।
यसैगरी महानगरपालिकाको वडा नम्बर १९ र २४ को ग्रामिण टोलहरुमा पनि वडा कार्यलयसँग समन्वय गरी बारुणयन्त्रद्वारा सेनेटाइज गरिएको छ ।
वार्ड न १९ मा रहेको बिन्दवासिनी र वार्ड न २४मा रहको रामगढवा र बहुअरीमा केमिकल पाउडरयुक्त पानीद्वारा सेनिटाईज गरिएको छ ।
कोरोना रोग नियन्त्रणको लागी उपयुक्त रहेको स्टेवल ब्लिचिगं पाउडर पानिमा मिसाएर बारुणयन्त्रद्धारा सेनेटाइज भइरहको छ ।
महानगरपालिककाले विभिन्न वडाहरुमा चलाएको सेनेटाइज कार्यक्रम अन्तर्गत सोमबार साझसम्म १२लाख ५०हजार लिटर पानिमा ३ हजार किलो स्टेवल ब्लिचिगं पाउडर मिसाएर सेनेटाइज भइसकेको महानगरपालिकाको सरसफाइ महाशाखाले जनाएको छ ।
वीरगन्ज महानगरपािलकाका मेयर बिजय कुमार सरावगीले कारोना रोग नियन्त्रण तथा यसको कारण लगाइएको लकडाउनबाट उत्पन्न सबै समाजिक एवम अर्थिक समास्याहरुको समाधानका लागी महानगरपालिका आफ्नो भूमिका सक्रिय रुपमा निर्वाह गरिहेको बताए ।
उनले महानगरपालिका सधै जनताको साथमा रहेको बताउदै लकडाउन लागु भएकै दिनदेखि त्यसबाट सिर्जित सबै समास्याहरुको समाधान क्रमिक रुपमा आरिदै आएको बताए ।
तपाईको प्रतिक्रिया