कोरोना संक्रमण नियन्त्रण गर्न मुख्यमन्त्री राउतको निर्देशन

समाचार

4/6/2021

जनकपुरधाम, २४ चैत । कोरोना संक्रमण पुनः बढ्न थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिएका छन् ।

कोरोना संक्रमण पुनः बढ्न थालेपछि त्यसको उपचार, रोकथाम तथा नियन्त्रण गर्न मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन् ।

जनकपुरधाममा बसेको प्रदेश स्तरीय बैठकमा उनले तत्कालै आत्तिनुपर्ने अवस्था नरहे पनि उच्च सतर्कतमा बस्न निर्देशन दिए ।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि सीमानाकामा आवश्यक सतर्कता अपनाउन उनले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।

जिल्ला प्रशासन कार्यालयमार्फत सर्वसाधारणलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने मुख्यमन्त्री राउतले बताए ।

सामाजिक विकास मन्त्री नवल किशोर साहले कोरोना महामारीविरुद्धको अभियानमा स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिकाको कारण महामारीविरुद्धको अभियानमा सफलता भेटेको बताए ।

बैठकमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी लगायत सचिव, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य क्षेत्रका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ