कोरोना संक्रमण व्यवस्थापनका लागि समाजिक विकासमन्त्री साहद्वारा ७५ लाखको चेक हस्तान्तरण

समाचार

5/30/2020

राजविराज, १७ जेठ । प्रदेश २ का समाजिक विकासमन्त्री नवलकिशोर साहले गजेन्द्र नारायण सिँह अस्पताल तथा भिमदल गणलाई ७५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

शनिबार ओरोना व्यवस्थापन कोषबाट मन्त्री साहले ५० लाख गजेन्द्र नारायण सिँह अस्पताल राजविराजको पिसिआर ब्यबस्थापन र २५ लाख भिमदल गण लाई आईलोशन सेन्टर ब्यबस्पापनका लागि चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मन्त्री साहले गजेन्द्र नारायण सिँह अस्पतालमा पिसिआर मेसिन जडान भईरहेको अबस्था वारेमा जानकारी लिएका छन् ।

पिसिआर मेसिनको जडान पश्चात दुई दिन भित्रै संचालनमा ल्याउने अस्पतालका मेसु डा चुमन लाल दासले जानकारी दिए ।

यता मन्त्री साहको सहयोगमा तथा भिभदल गणले साईकृष्णा मेडिकल अस्पतालमा आईसोलेसनको लागि तयार पारेको ९२ वेडको निरिक्षण गरेको छ ।

सप्तरीमा कोरोना संक्रमित बढन थालेपछि आईसोलेसन को लागि एक हप्ता भित्रै ३ सय बेडसम्म निर्माण गर्ने भिम दल गणका प्रमुख गुप्त बहादुर कुवरले बताए ।

जिल्ला स्वास्थ कार्यालय सप्तरी का प्रमुख दुनिया लाल यादबले सप्तरीमा ४२ जनामा कोरोना पोजेटिफ देखिएको बताए ।

जस मध्ये बोदेबरसाईनमा १९ डाक्नेशवरी नपा १२ राजबिराज नपा ४ बलान बिहुल गापा ४ खडक नगरपालीका १ सुरूगां नपा १ बिष्णुपुर गापा १ जना गरी ४२ जना संक्रमीत रहेको जिल्ला स्वास्थ कार्यालय सप्तरी का प्रमुख दुनियालाल यादबले बताए ।

सप्तरीको विभिन्न स्थानिय तहमा रहेको ५७ वटा कोरेनटाईन सेन्टरवाट संकलन गरिएको ५ सय ५५ जना को स्वाब संकलनको रिपोर्ट आउन बाँकी रहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ