कोरोना संक्रमितको मृत्यु

समाचार

10/16/2020

विराटनगर, ३० असोज । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस कोभिड १९ संक्रमित थप एक पुरुषको मृत्यु भएको छ ।

अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शुक्रबार बिहान विराटनगर ३ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । दाहालका अनुसार बिरामी पुरुषको कोशी अस्पतालको प्रयोगशालामा बुधबार पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो ।

बिहीबार साँझ करिब ५ बजे उनको श्वासप्रश्वासमा समस्या देखिएपछि नोबेलको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । बिरामीमा पहिलेबाटै उच्च रक्तचाप सम्बन्धी समस्या रहेको अस्तपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ