काठमाडौं, १० बैशाख । उदयपुर जिल्ला त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् ।
उनीहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परिक्षण भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जनाएका छन् ।
अन्य थप ६९ जनाको परिक्षणको लागि बिराटनगर स्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परिक्षण गर्दा थप पुष्टी भएकोले निजहरूलाई हाल बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ ।
हाल पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ वर्षीय पुरुष , ३६ वर्षीया महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ । यसरी हाल सम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड–१९ पुष्टी भएको संख्या ४२ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ४ जना निको भएर घर फर्कीसकेका छन् ।
तपाईको प्रतिक्रिया