कार पोलमा ठोक्किँदा एक जनाको मृत्यु

समाचार

7/11/2021

मोरङ, २७ असार । बुढीगंगा गाउँपालिका–१ आरती स्टिलस्थित सडकमा बा.१८ च ९७६ नम्बरको कार अनियन्त्रित भई पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति दुर्घटना हुँदा कारमा सवार विराटनगर महानगरपालिका–३ बस्ने ४० वर्षीय रमेश आचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते उनको विराट अस्पताल विराटनगर हुँदै न्युरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका अन्य ४ जनाको विराट अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ