जनकपुरधाम, २९ जेठ । नेपाली सेनाले क्लोथ बैंक नेपाल धनुषालाई कोभिड–१९ विरुद्वको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजको विशेष उपस्थितीमा स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ ।
नेपाली सेनाले मण्डी २ सय थान, झुल २ सय थान, मास्क २ सय प्याकेट, सेनिटाइजर २ सय लिटर, डिटल साबुन ५ सय पिस र अक्सिमिटर ५० थान उपलब्ध गराएको छ ।
सो कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोला, नेपाली सेनाका समारोह श्रब्यदृश्य महाशाखाका प्रा.म.सेनानी ईश्वर कुमार श्रेष्ठ, सेनाका महेन्द्रनगरस्थित श्रीनाथ गणका प्रमुख गजेन्द्र रावत, धनुषा जनपथ प्रहरी प्रमुख प्रकाश रानाभाट, सशस्त्र प्रहरी प्रमुख नरेन्द्र सेन, अनुसन्धान प्रमुख अभिनब सिंह, नेपाली सेनाका क्याप्टेन अनिल यादवको उपस्थिति रहेको थियो ।
यसैगरी, जसपा नेपालका नेता मनोज चौधरी, नेकपा नेता शिव शंकर साह हिरा, संस्थाका उपाध्यक्ष पुरन गुप्ता, सचिब मनिष श्रीओम, सदस्यद्वय पंकज मंडल र खुसबु साह, व्यवस्थापन समिति सदस्य गोपाल साह, श्याम सुन्दर सिंह, मनिष चौधरी, रामकृपाल साह, राजु साह, कृष्णा साह मनोज पंडित पारस ठाकुर सहित पत्रकार अजय साह सिबाली, सुजीत झा, प्रमोद साह लगायत समाजका गणमान्यहरुको उपस्थिति रहेको थियो ।
क्लोथ बैंकका अध्यक्ष राजीव झाले नेपाली सेनालाई धन्यवाद ज्ञापन गरेका थिए ।
तपाईको प्रतिक्रिया