कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो भूमि हो : प्रधानमन्त्री

समाचार

5/19/2020

काठमाडौँ, ६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको र यसलाई फिर्ता लिएर छाडिने बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सदनमा प्रस्तुत गरेकी सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली भूभाग समेटेको नयाँ नक्सा पारित गर्न संविधान संशोधनको प्रस्ताव यही सदनमा आउने जानकारी दिए ।

संविधान संशोधनको प्रस्ताव पारित भएको दिन जनताले दीपावली मनाउने प्रधानमन्त्री ओलीले दाबी गरे । भूगोल सानो ठूलोको आधारमा राष्ट्रियता ठूलो सानो नहुने प्रधानमन्त्री ओलीले उल्लेख गरे । कुनै कुनै देशको भूगोल सानो ठूलो हुने वा विकासमा अघि वा पछि हुनसक्छ तर राष्ट्रियता प्रयोग बराबर हुने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकारले नयाँ नक्सा तयार गरेर ऐतिहासिक उपलब्धी हासिल गरेको र त्यसलाई संविधानलगायत पाठ्यक्रममा लोगो चिन्हहरूमा पनि कार्यान्वयन गरिने पनि बताए ।

‘नक्सा नयाँ छापेर ऐतिहासिक काम भएको छ,’ उनले भने, ‘अब संविधानमा परिवर्तन गर्ने, पाठ्यपुस्तकका लोगो परिवर्तन ल्याउनेछ ।’ तर यो काम सोचेजस्तो सहज नभएकोतर्फ प्रधानमन्त्री ओलीले सचेत गराए । भारतको राष्ट्रिय प्रतीक र नाराकै आधारमा आफ्नो भूमि नेपालले फिर्ता गर्ने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ