कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित

समाचार

5/19/2020

काठमाडौँ, ६ जेठ । सरकारले नेपालको कालापानी, लिम्पुयाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा पारित गरेको छ । मन्त्रिपरिषद्को बैठकले नेपालको नक्सा अद्यावधिक गरेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा प्रस्तावित नेपालको नक्सा बैठकले स्वीकृत गरेको हो ।

यो नक्साले नेपालको उत्तरी, पूर्वी, दक्षिणि, पश्चिमी अन्तर्रा्ष्ट्रिय सीमाहरूसहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटेको छ । यो नक्सा नेपालको सबै किसिमका प्रशासनिकलगायत सबै प्रबन्धहरूमा प्रयोग गर्ने गरी सरकारले निर्णय गरेको हो ।

यो नक्साबमोजिम निशानछाप, सरकारी कामकाजमा प्रयोग हुने नक्साहरू, विद्यालयमा पढाइ हुने पाठ्यपुस्तकहरू र सबै सार्वजनिक प्रयोगमा ल्याइने नेपालको नक्सा अद्यावधिक हुनेछन् ।

नेपालको पश्चिमी सीमामा रहेको लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेपछि त्यसको सर्वत्र विरोध भएको सरकारले यस्तो निर्णय गरेको हो ।

यसअघि सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा पनि भारतद्वारा मिचिएको भूमिसमेत समेटेर नेपालको नक्सा अद्यावधिक गर्ने प्रतिबद्धता जनाएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ