कुलोमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

समाचार

6/27/2020

कपिलवस्तु, १३ असार । वाणगंगा नगरपालिका–३ सिउटी बस्ने राजेन्द्र थारुकी २ वर्षीया छोरी अंकिता थारुको घर नजिकै रहेको कुलोमा डुबेर शनिबार बिहान मृत्यु भएको छ ।

कुलोमा डुबी हराएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गजेडा र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा सोही ठाउँस्थित पिपराहवा भन्ने स्थानको कुलोमा उनको शव फेला पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ