कैलालीमा अटो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

7/14/2020

कैलाली, ३० असार । घोडाघोडी नगरपालिका–२ स्थित सडकमा अनटेष्ट लेखिएको अटो र म.२ प ७९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक दार्चुला घर भई कंचनपुर भिमदत्त नगरपालिका–९ बस्ने ४१ वर्षीय कुस्माकर जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका जोशीको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ