कैलालीमा आइसोलेसन सेन्टर सञ्चालन

समाचार

5/24/2021

धनगढी, १० जेठ । कैलालीको गेटास्थित गेटा मेडिकल कलेजमा निर्माण गरिएको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । तीनै तहका सरकारको सक्रियतामा मेडिकल कलेजमा निर्मित आइसोलेसन आजबाट सञ्चालनमा आएको हो ।

यस आइसोलेसन सेन्टरमा तीन वटा स्थानीय तहबाट स्वास्थ्यकर्मी खटिएका छन् भने हाललाई ५० बेड तयार गरेर अक्सिजनसमेत तयारी अवस्थामा राखिएको छ ।

गेटा मेडिकल कलेजलाई आइसोलेसन बनाउने संंघीय सरकारको निर्णयसँगै २ हजार बेड क्षमतासम्म बनाउनका लागि तत्कालिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आफै उपस्थित भएर निर्माण सुरु गर्न लगाएका थिए ।

कैलालीका धनगढी, गोदावरी र गौरीगंगा नगरपालिकाले समेत केही उपकरण र जनशक्ति खटाएका छन् । गोदावरी नगरपालिकाका प्रवक्ता तथा गेटा मेडिकल कलेज आइसोलेसनका सम्पर्क व्यक्ति सर्मानन्द भट्टका अनुसार ५० बेडसहित अक्सिजन तयारी अवस्थामा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ