कैलाली, १४ बैशाख । बढ्दो कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरलाई नियन्त्रण गर्न कैलालीमा बिहीबारदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले कोरोना संक्रमण तीव्र रुपमा बढेपछि बैशाख १६ गतेदेखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको जनाइएको छ ।
तपाईको प्रतिक्रिया