कैलाली, ५ साउन । कैलालीको भजनी नगरपालिकामा काँढा नदीमा आएको बाढीले सयौं घर डुबानमा परेका छन् । लगातारको वर्षाका कारणले अहिले डुबानको समस्या बढ्दै गएको छ ।
भजनी नगरपालिका–२ को मोहनपुर, वडा नम्बर ३ को काँढा र ढुसी गाउँका गरी करिब डेढ सय घर डुबानमा परेको प्रहरीले जनाएको छ । काँढा नदीमा आएको बाढी ओभरफ्लो भएर गाउँमा डुबानमा भएको हो ।
भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको दक्षिणी क्षेत्र बाढी विपदको जोखिममा रहेका छन् ।
तपाईको प्रतिक्रिया