कैलाली, ९ चैत । धनगढी उपमहानगरपालिका–१ पुष्पलाल चोकबाट २ ग्राम ५ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार राति पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–१ बस्ने २२ वर्षीय सम्रौ घिमिरे र सोही उपमहानगरपालिका–४ बस्ने २९ वर्षीय सिद्धार्थ बडैला रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया