कैलाली, १९ बैशाख । कोरोना भाइरसको दोस्रो लहर दिनप्रति दिन बढ्दै गएकोले नियन्त्रणका निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कैलालीमा जारी निषेधाज्ञाको अवधी बढाउने निर्णय गरेको छ ।
वैशाख १६ गतेदेखि २२ गतेसम्म लागु हुने गरी जारी गरेको निषेधाज्ञाको अवधि लम्ब्याएर वैशाख ३० गतेसम्म पु¥याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उनका अनुसार कोरोना भाइरसको जोखिम कम भएका चुरे गाउँपालिका र मोहन्याल गाउँपालिका बाहेकका सबै पालिकामा वैशाख ३० गतेसम्म निषेधाज्ञा कायम रहनेछ ।
यस्तै बैठकले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखेर वैशाख २० गतेदेखि बैंक तथा वित्तीय संस्था बिहान ९ देखि साढे ११ बजेसम्म मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ भने एउटा संस्थाले दिनमा एउटा शाखाबाट मात्र सेवा दिन पाउने छ ।
अत्यावश्यक बाहेकका सबै सेवाप्रवाह गर्ने सरकारी निकायमा कार्यरत कर्मचारी आवश्यक परेका बखतमात्र काममा आउने गरी आलोपालो व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।
तपाईको प्रतिक्रिया