कैलालीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

4/13/2021

कैलाली, ३० चैत । गोदावरी नगरपालिका–२ उत्तर बनखेतबाट करिब ४ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय हेमन्त खत्री र २८ वर्षीय तोया नाथ रहेका छन् ।

हेमन्तको घरमा लागूऔषधको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ