कैलालीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

7/18/2021

कैलाली, ३ साउन । भजनी नगरपालिका–८ सुनाफाटास्थित सडकमा से.२ प ८५० नम्बरको मोटरसाइकलबाट ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–८ बस्ने २६ वर्षीय दिनेश सुनार र टिकापुर नगरपालिका–१ शंकरपुर बस्ने २० वर्षीय राजेन्द्र रेग्मी रहेका छन् ।

उक्त मोटरसाइललाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ