कैलाली, २७ पुस । जिल्लाको घोडाघोडी नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका–११ भलुवामा मोटो खन्ने क्रममा ढिस्कोमा पुरिएर सोही नगरपालिका–१० तुलसीपुर बस्ने १७ वर्षीय अशोक धामीको आइतबार दिउँसो मृत्यु भएको छ ।
माटो खन्ने क्रममा धामी ढिस्कोमा पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पहलमानपुर, ईलाका प्रहरी कार्यालय सुखड, सशस्त्र प्रहरी बल र स्थानीयबासिन्दाको सहयोगमा माटो खनी खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया