कैलाली, ३२ जेठ । जिल्लाको कैलारी गाउँपालिका ७ हुलाकी राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल चालकको मृत्यु भएको छ ।
ग ७ प ७८३ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा ५० वर्षीय लाहुराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक कैलारी ७ का २० वर्षीय अमित चौधरी पनि गम्भीर घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया