कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

समाचार

4/4/2021

कैलाली, २१ चैत । कैलालीमा विभिन्न लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीबाट करिब १ ग्राम ३ सय ३१ मिलिग्राम अवैध लागूऔषध हेरोइन सहित सोही ठाउँ बस्ने २४ वर्षीय समिर सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सिंहलाई उक्त हेरोइन सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, कैलाली धनगढी उपमहानगरपालिका–४ बसपार्कबाट करिब ३ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध हेरोइन र नियन्त्रित लागूऔषध १५ ट्याब्लेट नाइट्राभेट सहित सोही ठाउँ बस्ने भारत उत्तर प्रदेश लखिमपुर खिरी घर भएका ४२ बर्षीय पप्पु खानलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ