कैलालीमा लागूऔषध स्पास्प्राटसहित दुई जना पक्राउ

समाचार

3/14/2021

कैलाली, १ चैत । जिल्लाको भजनी नगरपालिका ३ करेसावारीबाट एपीएफ टोलीले २० वटा स्पास्प्राट ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको टिकापुर नगरपालिका बस्ने २० वर्षिय अम्मर साउद र २० वर्षिय ईन्द्र रावल छन् ।

मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट कुसुमबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि ईप्रका भजनीमा बुझाईएको छ । 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ