कैलालीमा ९ वटा बीओपी स्थापना

समाचार

6/17/2020

धनगढी, ३ असार । भारतसँग १ सय १ किलोमिटर खुला सीमाना रहेको कैलालीमा सशस्त्र प्रहरीले ९ वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

सीमा सुरक्षाकै लागि स्थापित एउटा गुल्मसमेत गरी अहिले करिब सात सय जना जनशक्ति खटिएको सशस्त्र प्रहरीले जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमसँगै भारतीय क्षेत्रबाट लुकीछिपी हुनसक्ने ओहोरदोहोरलाई नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमामा सुरक्षा केन्द्रित गरेको छ ।

त्यसका लागि ७२ ठाउँमा अस्थायी पोष्ट स्थापना गरेर भारतसँग सीमा जोडिएको क्षेत्रलाई सिल गरेको छ । यसअघि टीकापुर, भजनी र फुलबारीमा मात्रै बिओपी थिए । सरकारले २०७६ मंसिरमा देशभरमा एक सय १४ वटा बीओपी थप्ने निर्णय गर्दै कैलालीमा ६ वटा बीओपी स्वीकृत गरेको थियो ।

त्यसअनुसार कैलारी गाउँपालिकाको भुइँयाफाँटा, धनगढी उपमहानगरपालिका ९ बंगराकटान, धनगढी १० जुगेडा, कैलारी गाउँपालिका ३ खोनपुर र भजनी नगरपालिका ७ हिम्मतपुर र टीकापुरको श्रीलंका टापुमा बीओपी स्थापना गरिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ