कैलाली, २४ चैत । बर्दिया जिल्लासँग सिमा जोडिएको कैलालीमा शनिवार दुई जना र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टी भएपछि बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ ।
बर्दियासँग सीमा जोडिएको कैलालीको सबै सीमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
कैलालीको टिकापुर सीमासंग जोडिएको नाका पूर्ण रुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारीले बताए ।
कैलाली जिल्लासंग बर्दियाको राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ ।
कैलालीसँग प्रत्यक्ष सिमा जोडिएको राजापुरको सत्तिघाट, गेरूवा गाउँपालिकाको दौलतपुरघाट र ठाकुरबाबा नगरपालिकाको चिसापानी सडक सवै बन्द गरिएको प्रशासनले जनाएको छ ।
तपाईको प्रतिक्रिया