कैलाली, ४ भाद्र । जिल्लामा बिहीबार राति १२ देखि लागू हुने गरी भाद्र १४ गतेसम्म निषेधाज्ञा लागू गरिएको छ ।
जिल्ला संकट व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निषेधाज्ञा जारी गरेको अवधिमा सरकारी तथा निजी सवारी साधन, व्यापार व्यवसाय बन्द रहने निर्णय गरेको छ ।
कोरोनाको संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।
खाद्यान्न, दूध, तरकारी, औषधि पसल, अस्पताल लगायतका अत्यावश्यक सेवाहरुलाई खोल्न दिइने छ ।
तपाईको प्रतिक्रिया