कपिलवस्तु, १४ चैत । कपिलवस्तु जिल्लाको मुख्य भन्सार नाका कृष्णनगर रहेकाले भारतबाट आउने नेपालीको चाप यसै नाकामा बढी हुने सम्भावना रहेकाले कृष्णनगर नगरपालिका सक्रियता देखाएको छ ।
कृष्णनगर नगरपालिकाका नगर प्रमुख लगायत वडा अध्यक्ष र नगरपालिकाको स्वास्थ्य शाखा सक्रिय रूपमा काम गर्दै आएको छ ।
भारतबाट आउने नेपालीलाई प्रहरीको सहयोगमा कृष्णनगर नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा ल्याइन्छ र स्वास्थ्य परिक्षण गरिन्छ ।
आवस्यकताअनुसार क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिन्छ,.क्वारेन्टाइनमा बस्नेको खाना, नास्ता, दैनिक सर सफाई लगायत अन्य आवश्यकताको सम्पूर्ण खर्च कृष्णनगर नगरपालिकाले दिँदै आएको छ ।
भाडा र सकेसम्म नजिक भए घरसम्म समेत पुर्याउने व्यवस्थापन मिलाइएको र विजयनगर गाउँपालिका, शिवराज नगरपालिकाभन्दा कृष्णनगर नगरपालिकामा चाप बढी नै रहेको र आफू र नगरपालिकाको तर्फबाट हुने सम्पूर्ण सहयोग गरेको नै छु र मानवीय सेवामा सम्पूर्ण नगरपालिका टीम लागेको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाहले बताएका छन् ।
कृष्णनगर नगरपालिका वडा नं २, ३ समेतको कृष्णनगरको महेन्द्र मा.वि. मा ३० बेडको क्वारेन्टाइन तयार भैसकेको र थप २० बेडको क्वारेन्टाइन तयार हुँदै गरेको त्यस्तै वडा नं ८ र ९ को लागि जुमिला आधारभूत विद्यालयमा ८ बेड को क्वारेन्टाइन र बाँकी वडामा समेत ४–४ बेडका दरले क्वारेन्टाइन निर्माण भैसकेको जानकारी कृष्णनगर नगरपालिकाले दिएको छ ।
साथै क्वारेन्टाइनको सुरक्षाका लागि दिउँसो ५ र रात्रिमा ७ जना सुरक्षाकर्मी पठाएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए ।
साथै सशस्त्र प्रहरीले समेत ७–७ जना दिउसो र रात्रीमा सुरक्षाका निम्ति पठाएको जानकारी सशस्त्र प्रहरी बल ३९ नं. गुल्मका गुल्मपति सुशिल शाहीले बताए ।
तपाईको प्रतिक्रिया