किसानलाई भुक्तानी नदिने उद्योगी राकेश अग्रवाल पक्राउ

समाचार

1/28/2021

काठमाडौं, १५ माघ । उखु किसानको लाखौं रुपैयाँ भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन् ।

त्रिपुरेश्वरस्थित घरबाटै उनलाई पक्राउ गरिएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी जाहेरी परेको छ ।

गत ३० मंसिरमा उखु किसानलाई भुक्तानी नदिने उद्योगलाई पक्राउ गरी रकम असुल्ने निर्णय गृह मन्त्रालयले गरेको थियो ।

यसअघि २०७५ कात्तिकमा पनि उनी उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ