बाँके, २७ बैशाख । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित बिरामीको उपचारका लागि प्रयोग हुने लिक्विड अक्सिजन आइपुगेको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको लागि १४ टन लिक्विड अक्सिजन बोकेको ट्याङकर अस्पताल परिसरमा आइपुगेको हो ।
वीरगन्ज नाका हुँदै आएको उक्त अक्सिजन लिक्विड अस्पताल परिसरमा रहेको अक्सिजन ट्याङ्कमा भण्डारण गर्ने काम भइरहेको शिक्षण अस्पताल कोहलपुरका प्रशाशन प्रमुख सँजय पन्तले जानकारी दिए । लिक्विड अक्सिजन भारतको झारखण्डबाट नेपाल ल्याइएको हो ।
शिक्षण अस्पतालले लिक्विड अक्सिजन अभावमा केही दिन अघिदेखि कोरोना बिरामीको उपचार गर्न नसक्ने भन्दै अस्पतालमा कोभिडका बिरामीको भर्ना लिन बन्द गरेको थियो । लिक्विड अक्सिजन आइपुगेपछि बिरामीको उपचारमा केही सहज हुने भएको छ ।
तपाईको प्रतिक्रिया