खाडलमा डुबेर किशोरको मृत्यु

समाचार

7/11/2021

कपिलवस्तु, २६ असार । बाणगंगा नगरपालिका–२ तिनैया बस्ने मनिराम थारुको छोरा ११ वर्षीय सुबास थारुको घरदेखि ३ सय मिटर रहेको खेतमा माटो निकालेको खाडलमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

उक्त खाडलमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको पिपरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ