मोरङ, २९ जेठ । सुनवर्सी नगरपालिका–८ सिक्टीबाट करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बेलुका पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–९ बस्ने २९ वर्षीय सिर्जन श्रेष्ठ र ४७ वर्षीय दाम बहादुर भुजेल रहेका छन् ।
प्रदेश १–०२–०४१ प २५४ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया