खैरो हिरोइनसहित किशोर पक्राउ

समाचार

7/7/2021

कैलाली, २२ असार । टिकापुर नगरपालिका–९ खैरीपुरस्थित सडकबाट २ सय ८० मिलिग्राम अबैध लागूऔषध खैरो हिरोईनसहित एक जना पक्राउ परेका छन् ।

सोही नगरपालिका–१ बनगाँउ बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ