खोलामा दुई जनाको शव फेला

समाचार

7/7/2021

विराटनगर, २१ असार । मोरङ जिल्लाको दुई छुट्टाछुट्टै खोलीमा दुई जनाको शव फेला परेको छ ।

रंगेली नगरपालिका–३ चैनपुरे टोल बस्ने ५१ वर्षीय हिम प्रसाद धिताल सोही ठाउँस्थित गडिया खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गत शनिबारदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा शव फेला परेको हो ।

यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका–३ स्थित बक्राहा खोलामा सुनवर्सी नगरपालिका–१ बस्ने ६७ वर्षीय नारायण तिमिल्सिना सोमबार मृत अवस्थामा फेला परेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ