मोरङ, २० माघ । उर्लाबारी नगरपालिका–९ अमाली टोल बस्ने बल बहादुर परियारको गाईगोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।
सोमबार साँझ आगलागी हुँदा उनकै बुबा भोटु परियारको गोठमा समेत आगलागी फैलिएर दुबै गाईगोठ पूर्णरूपमा जलि करिब २ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयवासी तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया