बाँके, ११ बैशाख । बाँके जिल्लाको खजुरा गाउँपालिका–८ चमक बस्ने ४० वर्षीय नविबक्स अली दर्जीलाई गाई काटेको अभियोगमा बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ३५ वर्षीय वितन खाँ, ३० वर्षीय नफिस साई र दर्जी समेत मिली गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी रनियापुरबाट खटिएको प्रहरीले दर्जीलाई गाईको मासु सहित घटनास्थलबाटै पक्राउ गरेको हो ।
घटनामा संलग्न वितन र नफिसलाई प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया