वीरगन्ज, १६ चैत । वीरगन्ज महानगरपालिकामा रहेका १६बटै गाउँका वडा अध्यक्षसँग नगरप्रमुख विजय कुमार सरावगीले छलफल गरेका छन् ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना रोगको संक्रमणबाट आम समुदायलाई बचाउन वीरगन्ज महानगरपालिका तथा सरकारले घोषणा गरको लकडाउनलाई अझ व्यवस्थित गर्न वीरगन्ज महानगरपालिकाका पदाधिकारीहरु बिच छलफल भएको हो ।
वीरगन्ज महानगरपालिकाको जगनाथपुरको बगैचामा भएको छलफलमा लकडाउनको कारण उत्पन्न भएका कठिनाइहरुलाई सहज बनाउँदै कोरोनाको संक्रमणबाट महानगरवासीलाई अझ सुरक्षित बनाउनेबारे छलफल भएको जनाइएको छ ।
वडा नम्बर १७ देखि ३२ नम्बरका बडा अध्यक्षहरुसँग आयोजना गरिएको छलफलमा लकडाउनको कारण जनतालाई दैनिक उपभोग्य सामग्रीमा भइरहेको कठिनाइलाई सहज बनाउने बारे छलफल भएको थियो ।
ग्यास, खाद्य तथा तरकारीलगायका सामग्रीहरुलाई हरेक गाउँमा पुर्याउने कार्यलाई व्यवस्थित रुपमा संचालनको जिम्मा वडाका प्रतिनिधिहरुलाई दिँदै कोरोना संक्रमण रोकथामका लागि प्रत्येक वडा कोरोना महामारी रोकथाम समितिलाई रु. ५० हजार उपलब्ध गराउने कार्यलाई अगाडि बढाइएको नगर प्रमुख सरावगीले बताए ।
तपाईको प्रतिक्रिया