सर्लाही, २३ फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिकाको केन्द्र सार्ने तयारी भएपछि तनाव उत्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ६ र ७ मा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिका कार्यालय वडा नं. २ बबरगञ्जमा सार्न खोजिएपछि तनाव सिर्जना भएको हो ।
चन्द्रनगरको वडा नं. ६ र ७ का स्थानीय बासिन्दासँगै नेपाली कांग्रेस र नेकपाका नेता कार्यकर्ताले नाढीमनमै गाउँपालिका केन्द्र रहनुपर्ने भन्दै गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडा नं. ७ का स्थानीय दीपेन्द्र कुमार चौधरीका अनुसार गाउँपालिकामा परिषद हुनुपर्नेमा गाउँपालिका अध्यक्ष महेन्द्रले महतो वडा नं. २ स्थित रहेको बबरगंजमा परिषद गर्ने गरेको आरोप लगाए ।
गाउँपालिकाको कार्यालय नाढीतालमै सुनिश्चितता नभएसम्म आफूहरु निरन्तर आन्दोलन गरिरहने चौधरीले बताए ।
करिब एक हजारको संख्यामा आएका स्थानीयवासीले कार्यालयमा तोडफोड प्रयास गरेपछि अप्रिय घटना हुन नदिन प्रहरीले समान्य बल प्रयोग र १३ सेल अश्रुग्यास पनि प्रहार गरेको थियो ।
घटनामा एक दर्जन बढी स्थानीय र चार प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।
तपाईको प्रतिक्रिया