बाँके, ७ फागुन । कोहलपुर नगरपालिका–११ चौराहबाट २ थान गैंडाको खागसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार दिउँसो पक्राउ पर्नेहरुमा नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिका–२ बस्ने ३५ वर्षीय कृष्ण पुलामी मगर र सिन्धुली ग्याङलेख गाउँपालिका–५ बस्ने ३४ वर्षीय सुरेश सिंजाली रहेका छन् ।
शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त खाग फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया