गुडिरहेको मोटरसाइकलबाट लडेर मृत्यु

समाचार

2/28/2021

धनुषा, १६ फागुन । हंषपुर नगरपालिका–६ सोनिगामा चोकस्थित सडकमा ज.२ प ३४०७ नम्बरको गुडिरहेको मोटरसाइकलबाट लडेर शहिदनगर नगरपालिका–३ यदुकुवा बस्ने ३५ वर्षीया सुधा साहको आइतबार बिहान मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि राम जानकी अस्पताल जनकपुरतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ