बारा, ५ भाद्र । बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरका मूल पूजारीको मृत्यु भएको छ ।
बलीका लागि प्रसिद्धी कमाएको गढीमाई मन्दिरका मूल पूजारी रौतहट गजरा नगरपालिका–३ सिमरीगाउँका ७६ वर्षीय दुखन धामीको मृत्यु भएको हो ।
दुई दिनदेखि झाडापखाला लागेका धामीको निजगढमा उपचार हुन नसकेपछि भरतपुर लिएर जाने क्रममा बाटो मै मृत्यु भएको हो । मृतक धामीको सिमरी गाउँ छेउको नदी किनारमा अन्त्यष्टी गरिएको छ ।
गढीमाई मन्दिर बारामा भए पनि रौतहट गुजरा–३ सिम्रीगाउँका दुखन धामीका पूर्वजहरुनै मूलपूजारी रहँदै आएका थिए ।
तपाईको प्रतिक्रिया