काठमाडौं, ३० जेठ । सरकारले महोत्तरीमा विषाक्त मदिरा खाएर ज्यान गुमाएकाका परिवारलाई दुई लाखका दरले २४ लाख राहत दिने भएको छ ।
नेपाल सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दे विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १२ जनाका परिवारलाई दुई लाखका दरले २४ लाख रुपैयाँ राहत दिने निर्णय भएको जानकारी दिए ।
गत वैशाख १० गते महोत्तरीको बर्दिबास नगरपालिका–१२ का ४ जना र भंगहा नगरपालिका–६, ७ मा ८ का गरी १२ जनाको मृत्यु भएको थियो । पोष्टमर्टम गर्दा उनीहरूको रिपोर्ट विषाक्त मदिराका सेवनका कारण भएको खुलेको थियो ।
तपाईको प्रतिक्रिया